इजरायलद्वारा गाजामा हवाइ आक्रमण, १०० भन्दा बढीको मृत्यु

इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा हवाइ आक्रमण गर्दा कैयौँ सर्वसाधारणको मृत्यु भएको  छ। यस क्रममा सयौँ मानिस घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायली हवाइ हमला उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाएर भएको थियो । पछिल्लो केही घण्टामा यहाँ ३७ जनाको ज्यान गएको छ। गाजा शहरको उत्तरमा रहेको अबु एस्कन्दर क्षेत्रमा रहेको एउटा घरलाई निशाना बनाएर इजरायली बमबारीमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने २० जना घा