९ महिना पहिले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निकै तामझामका साथ उद्घाटन गरेका थिए धरहरा । सर्वसाधारणलाई लागेको थियो, अब त धरहरा चढ्न पाइन्छ । तर ९ महिना बितिसक्दा पनि धरहरा पुनर्निर्माणको काम अझै ३५ प्रतिशत बाँकी छ । मुख्य धरहराभित्र फिनिसिङको कामको साथै तलदेखि बार्दलीसम्म पुग्न भर्याङमा रेलिङ तथा एउटा लिफ्ट राख्ने काम बाँकी छ । निर्माण भएका अन्य भौतिक संरचनाको पनि फिनिसिङको काम बाँकी नै रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) कामु आयोजना निर्देशक कोषना