नेपाल टेलिकमको सञ्चालक समितिमा पाण्डे नियुक्त

काठमाडौं – नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन्। अर्थमन्त्री स्तरीय निर्णयबाट पाण्डे टेलिकमको सञ्चालक समितिमा नियुक्त भएका हुन्। साउन १० गते नियुक्त भएका पाण्डेले साउन २२ मा पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाल टेलिकमको सञ्चालक समितिमा अर्थ मन्त्रालयको तर्फबाट एक जना सहसचिवलाई पठाउने व्यवस्था अनुरुप पाण्डेलाई पठाइएको हो। पाण्डे हाल […]

सम्बन्धित सामग्री

एनसीएचएलको सञ्चालकमा महेश शर्मा ढकाल र जगदीश दहाल नियुक्त

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को सञ्चालक समितिमा वाणिज्य बैंकहरूका तर्फबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल सञ्चालक पदमा र अधिवक्ता जगदीश दहाल स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।

नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालक नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउसको सञ्चलाक समितिमा दुई सदस्य नियुक्त गरिएको छ । वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाललाई सञ्चालकमा नियुक्त गरिएको नेपाल क्लेयरिङ हाउसले जनाएको छ । १४ चैतमा बसेको एनसीएचएलको २०६ औं सञ्चलाक समितिको बैंठकबाट उक्त निर्णय […]

बुटवल पावर कम्पनीमा तीन जना सञ्चालक नियुक्त

काठमाडौं । बुटवल पावर कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरू नियुक्त भएका छन् । कम्पनीको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट दिनेश हुमागाई र वीणा राणालाई निर्वाचित गरेको हाे । साथै सोही सभाले स्वतन्त्र सञ्चालकमा तीर्थमान शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिइएको छ।

कृषि विकास बैंकको अध्यक्षमा दवाडी नियुक्त

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेश दवाडी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले दवाडीलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष विभिन्न संघ–संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको...

राष्ट्र बैंक सञ्चालक समिति सदस्यमा अर्थसचिव पुष्करको शपथ

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन् ।सचिव पुष्करले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष शपथ लिएका हुन् । पुष्कर भर्खरै अर्थसचिवमा नियुक्त भएका थिए । केन्द्रीय बैंकको सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहने कानुनी व्यवस्था छ ।

गङ्गालाल हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा डा.रेग्मी र डा.गौतम नियुक्त

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहिद गङ्गालाल हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा.नवीन्द्र गौतमलाई मनोनीत गरेको छ । सोमबार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले यी दुई सदस्य थप गरेसँगै केन्द्र सञ्चालक समितिले पूर्णता पाएको छ । ११ सदस्यीय सञ्चालक समितिमा अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारी सदस्यसचिव छन् । सदस्यहरूमा नेकपा (एमाले)का […]

रासस सञ्चालक सदस्यमा पोखरेल नियुक्त

काठमाडौं : राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशप्रसाद पोखरेललाई नियुक्त गरिएको छ।रासस ऐन, २०१९ को दफा (ग) बमोजिम नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको यही २०७८ पुस १४ गतेको निर्णयबाट पोखरेललाई रासस सञ्चालक सदस्यमा नियुक्त गरिएको हो।विसं २०२८ कात्तिक २७ गते खोटाङमा जन्मिएका पोखरेल २०५२ मा निजामती सेवामा प्रवेश गरेका थिए। रासस ऐन, २०१९ मा राससको सञ्चालक समितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रतिनिधित्व रहने गरी एक जना सञ्चा

नेपाल बैंकको सञ्चालकमा सहसचिव शाक्य नियुक्त

नेपाल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य पदमा अर्थ मन्त्रालयको तर्फबाट मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भएका छन् ।  नव नियुक्त सञ्चालकले बिहीवार सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष अर्यालले नव नियुक्त सञ्चालकलाई स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे  ।    शपथ ग्रहण कार्यक्रममा यस ब...

नेशनल लाइफको सीइओमा खत्री नियुक्त,

नेशनल लाइफ इन्स्योरेन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । उनलाई कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । खत्री यसअघि कम्पनीमा कायम मुकायम कार्यकारी प्रमुख थिए । नियुक्तीको प्रस्ताव र सोको स्वीकृतीका लागि कम्पनीले बिमा समितिमा पठाएको कम्पनीले जानकारी दिएको छ ।

वायु सेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर महानगरपालिका–१० मोरङका किशोरकुमार प्रधानलाई मंगलवार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।  मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा ४ वर्षका लागि प्रधानलाई नियुक्त गरेका पर्यटन मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त...