नेशनल लाइफको सीइओमा खत्री नियुक्त,

नेशनल लाइफ इन्स्योरेन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । उनलाई कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । खत्री यसअघि कम्पनीमा कायम मुकायम कार्यकारी प्रमुख थिए । नियुक्तीको प्रस्ताव र सोको स्वीकृतीका लागि कम्पनीले बिमा समितिमा पठाएको कम्पनीले जानकारी दिएको छ ।