कृषि विकास बैंकको अध्यक्षमा दवाडी नियुक्त

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा रमेश दवाडी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले दवाडीलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष विभिन्न संघ–संस्थाको सञ्चालक समितिमा सदस्य रही कार्य गरेको...

सम्बन्धित सामग्री

कृषि विकास बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिबाट बैंक सञ्चालक समितिको अध्यक्ष पदमा उनी नियुक्त भएका हुन् । नवनियूक्त अध्यक्षले निजामति सेवामा लामो अवधिसम्म कार्यरत रहि राजस्व सचिवबाट गत साउन २४ गते अनिवार्य अवकास पाएका थिए । अध्यक्ष पुडासैनीलाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् ।  उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनरहरु  निलम ढुगांना तिम्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंकका सञ्चालक समिति सदस्य सुमन दाहाल, विनोद कुमार गुरागाई, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङसमेतको उपस्थिति थियो । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेका पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ।

कृषि विकास बैंकको अध्यक्षमा दुवाडी

कृषि विकास बैंक सञ्चालक समितिको अध्यक्षमा रमेश दुवाडी नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष दुवाडी विभिन्न संघ/संस्थाको सञ्चालक समितिमा सदस्य रहेर काम गरेको अनुभव समेत रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार अध्यक्ष दुवाडीलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ गराएका छन् । सो अवसरमा राष्ट्र बैंकका डिपुटी […]

कृषि विकास बैंकको अध्यक्षमा रमेशकुमार के.सी. नियुक्त

पुस ५, काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार के.सी. नियुक्त भएका छन् । निज अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् । नवनियुक्त अध्यक्ष के.सी.लाई नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु क्रमशः डा निलम ढुंगाना तिम्सेना, बम बहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक  गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका बोर्ड सचिव मुक्ती प्रसाद सापकोटा, कृषि विकास बैंक लिका सञ्चालक समिति सदस्य संजिव पौडेल, डा इन्दिरा मास्के श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी  सचिव तथा प्रवक्ता हिमलाल पौडेलसमेतको उपस्थिति रहेको थियो ।   नवनियुक्त अध्यक्ष के.सी.ले नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हासिल गरेका छन् ।