नेपाल बार एसोसिएसनले संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बताएको छ । आयोगका महासचिव लीलामणि पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा चुनाव पर नधकेल्न पनि चेतावनी दिएका छन् । ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’, विज्ञ