गढवा गाउँपालिका–१ धानखोलास्थित हुम्ला रलिङ होटलबाट ९ किलो ९ सय ३० ग्राम चरेससहित बुधबार दुई युवा पक्राउ परे । बागलुङको निसीखोला–१ का २१ वर्षीय सुदीप सिञ्जाली मगरलाई बुधबार अपराह्न चरेससहित पक्राउ गरिएको हो ।
काठमाडौँ– गत आर्थिक वर्ष २०७९-८० मा लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ। ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरूबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ […]
धनगढी। धनगढीमा लागूऔषधसहित क्लिनिक सञ्चालन पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ एयरोिर्ट मोटमा गेटा मेडिको क्लिनिक सञ्चालन गर्दै आएका ३० वर्षीया गणेश बाग पक्राउ परेका हुन् । डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ का बागले सञ्चालन गरेको क्लिनिकमा लागूऔषध फेला परेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार उनको क्लिनिकबाट त्रिंगा […]
१८ माघ, विराटनगर । लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका व्यक्तिले नाम लिएपछि नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले मंगलबार दिउँसो १२० मिलिग्राम खैरो हेरोइनसहित विराटनगर महानगरपालिका–१५ का २० वर्षीय नजाम खानलाई पक्राउ गरेको थियो । खानले नाम लिएपछि प्रहरीले सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादवलाई पक्राउ गरेको […]
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित बेसिगाँउमा बस्दै आएकी जुनमाई मोक्तान गत साउन १३ मा पक्राउ परिन् । ४० वर्षकी जुनमाई रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर–९ की स्थानीय हुन् । लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरूले सर्च अपरेसन चलाउँदा जुनमाईको फ्ल्याटबाट प्रहरीले ३८४ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । एक भारतीय पुरुषसँगको सङ्गतले जुनमाईले पनि लागूऔषध कारोबार गर्न थालेको अनुसन्धानबाट थाहा भएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकाशराज खना
भारतबाट नेपाल हुँदै काभ्रेको बनेपासम्म लागु औषध कारोवार गरिरहेको गिरोहको समुह नै प्रहरीले पक्राउ गरेको छ । काभ्रे । लागूऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न समूहलाई ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । उनीहरुलाई बनेपा र वीरगञ्जकाबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी कार्यालयबाट खटेको टोलीले बनेपाबाट ३ र वीरगञ्जबाट २ जना पक्राउ गरेको छ […]
२९ फागुन, काठमाडौं । सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले […]
लागूऔषध कारोबारमा संलग्न गिरोह तीन समूहका १७ जना पक्राउ परेका छन् । कारागारमा कैद सजाय भुक्तान गरिरहेका व्यक्तिबाटै लागूऔषध कारोबार भइरहेको तथ्य प्रहरीले फेला पारेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले गरेको झण्डै एक महिना लामो अनुसन्धानबाट उक्त तथ्य फेला पारेको हो ।
लागूऔषध कारोबारमा संलग्न गिरोह तीन समूहका १७ जना पक्राउ परेका छन् । कारागारमा कैद सजाय भुक्तान गरिरहेका व्यक्तिबाटै लागूऔषध कारोबार भइरहेको तथ्य प्रहरीले फेला पारेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले गरेको झण्डै एक महिना लामो अनुसन्धानबाट उक्त तथ्य फेला पारेको हो ।