अनियमितताको उजुरीबारे मन्त्री यादव भन्छिन्- छानबिनमा सहयोग गर्छु

जनकपुरधाम । मधेश प्रदेशको तत्कालीन उद्योग, पर्यटन तथा वन मन्त्रालयको रेडबुकमा भएको योजनाको रकम रकमान्तर गरी अनियमिता भएको भनेर अख्तियारमा परेको उजुरीमा सत्यता नरहेको मन्त्री सुनिता यादवले दाबी गरेकी छन् । उद्योग, पर्यटन तथा वन मन्त्रालयको नाम परिवर्तन गरी अहिले वन तथा वातावरण मन्त्रालय कायम गरिएको छ । उद्योग पर्यटन तथा वन मन्त्रालय रहेकै बेला […]

सम्बन्धित सामग्री

दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालय चलाउँछु : मन्त्री यादव

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनुनपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताउनुभएको छ ।

राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छः मन्त्री यादव

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका छन् ।

ठोरीको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाको प्रतिबद्धता

वीरगञ्ज । पर्साको ठोरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सरोकारका पक्ष एकजुट भएका छन् । सोमवार होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले ठोरीमा आयोजना गरेको ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादवले भारतीय सिमानासँग जोडिएर रहेको ठोरी क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । ‘मधेशमा उद्योग, व्यापार र कृषिसँगै पर्यटनको पनि पर्याप्त सम्भावना छ,’ उनले भनिन्, ‘यो सम्भावनाको उपयोगका लागि प्रदेश सरकार सधैं तत्पर छ ।’ विगतमा मधेशको पर्यटन प्रवर्द्धनमा सन्तोषजनक काम हुन नसकेको भनाइ उनको थियो । मधेश सरकारले अब सरोकारका पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारिन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीको पर्यटकीय सम्भावना उपयोगमा सहयोग नगरेको गुनासो गरे । मधेश सरकारले विगतमा ठोरीको पर्यटन विकासका लागि १० करोड रुपैयाँ दिने आश्वासन दिएर निकासा भने नदिएको उनले बताए । सो रकम चालू आर्थिक वर्षमा उपलब्ध गराउन मन्त्रीसँग आग्रह पनि गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले ठोरी क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्भाव्य रहेको बताए । पर्यटन प्रवर्द्धन र यसको अवसर उपयोगमा निजीक्षेत्र सधैं तयार र सचेत रहेको उनले प्रस्ट पारे । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन प्रवर्द्धनका नाममा भ्रष्टाचार बढी भएको आरोप लगाए । अब पनि पर्यटनको बजेटमा भ्रष्टाचार भए त्यसको हिसाब खोज्न प्रदेश राजधानी जनकपुर नै पुग्ने चेतावनी अध्यक्ष पन्तले दिए । सो अवसरमा संघले मन्त्री यादव र वीरगञ्ज उद्योग वाणिज्य संघका नवनियुक्त पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।

जलवायु परिवर्तनको सामना गर्न अन्तराष्ट्रिय सहयोग आवश्यक छ : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनको सामना गर्नु सबैको दायित्व भएको बताएका छन् । आज मन्त्रालयको आयोजनामा आगामी नोभेम्बरमा इजिप्टमा हुने राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप २७)मा नेपालले उठान गर्ने मुद्दाबारे विभिन्न सङ्घ संस्थासँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री यादवले हामी सबैले कार्बन उत्सर्जनलाई कम गरेर र दिगो जीवनशैलीलाई अपनाई तथा प्रसार गरेर […]

सिमेन्ट उद्योगको सुधार गरिने : मन्त्री यादव

हेटौँडा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई आवश्यकताअनुसार सहयोग र संरक्षण गर्दै निजी उद्योगसँग प्रतिस्पर्धामा लैजाने बताएका छन् ।   उद्योगको आज ३३औँ वार्षिकोत्सवको उद्घाटन ...

बाध्यताले पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो : मन्त्री यादव

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले बाध्य भएर पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताउनुभएको छ । मन्त्री यादवले नागरिकलाई सहुलियत दिने काममा आवश्यक साथ र सहयोग गर्न पनि विद्यार्थी संगठनका नेतृत्वसँग आग्रह गर्नुभयो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै सोमबार...