कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबार कर्णाली प्रदेशको सुर्खेत पुगेर दोहोर्याए, ‘कांग्रेसले नगुमाउनुपर्ने धेरै कुरा गुमाइसक्यो, हाम्रो सावधानी पुगेन । तर, राष्ट्रपतिको निर्वाचनमा सुखद समाचार सुन्न पाउनुहुन्छ ।’ महामन्त्री शर्मा मात्रै होइन, आफ्नै नेतृत्वको गठबन्धन जोगाउन नसक्दा राज्यसत्ताका सबै पद गुमाएर प्रतिपक्षी कित्तामा पुगेको कांग्रेसका नेताहरू अब राष्ट्रपतिको निर्वाचनमा १० पुसकै जस्तै नाटकीय राजनीतिक बदलाव हुने विश्वास दिलाइरहेका छन् ।