विनाशकारी भूकम्प गएको नौ वर्षपछि नेपाली मालवाहक कन्टेनर (भ्यान डब्बा) चीन स्वशासित क्षेत्र तिब्बतको जाङ्मुपोर्ट (खासास्थित रमिते) प्रवेश गर्न पाउने भएका छन् । नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट भएको पटकपटकको अनुरोधलाई आत्मसात्...
नेपाली कन्टेनरले सामान आयातका लागि चिनियाँ क्षेत्र प्रवेश पाउन थालेका छन् । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि पहिलो पटक सामान आयातका लागि नेपाली कन्टेनर चीनको स्वशासित क्षेत्र खासा बजारको रमितेमुनिसम्म जान पाएका हुन् ।
विनाशकारी भूकम्पको नौ वर्षपछि नेपाली मालवाहक कन्टेनर (भ्यान डब्बा) चीन स्वशासित क्षेत्र तिब्बतको जाङ्मुपोर्ट (खासाको रमिते) प्रवेश गर्न पाउने भएका छन् । नेपाल सरकारले गरेको पटक–पटकको अनुरोधपछि चीन सरकारले खासाको सम्बन्धित...
रसुवा । कोभिड-१९ संक्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ ।
नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्केका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको टोली रसुवागढी नाका हुँदै रसुवा फर्केको थियो ।
कोरोना संक्रमणपश्चात बन्द चीनसित जोडिएका अन्य सीमा नाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिए । आगामी मे १ देखि तातोपानी नाकासमेत पुनः सञ्चालनमा आउने उनले बताए । नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार संघका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताए ।
रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्रीलगायत सामग्री बोकेका २४ मालवाहक ट्रक शनिवारै केरूङतर्फ पठाइएको छ । मालसामान आयातका लागि शनिवारै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।
केरूङका लागि ८८७ ट्रक पालैपालो पठाइने भएको छ । कोरोना संक्रमणका कारण २०७६ माघ २७ गतेदेखि बन्द भएको मितेरीपुल शनिवार बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो ।
नाका खुलेसँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरूङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । -रासस
काठमाडौं – रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षको तुलनामा यस वर्ष वृद्वि भएको छ। कोभिड सङ्क्रमणपश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल समय २१ सम्म कन्टेनर आउन थालेको जनाइएको छ। सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको सङ्ख्यामा पुग्ने गरेका थिए। कोभिड–१९ […]
रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण गत वर्षका तुलनामा यस वर्ष वृद्धि भएको छ । कोभिड सङ्क्रमण पश्चात एक दिनमा १४ चिनियाँ कन्टेनरले मात्र सामग्री आयात गरिरहेको रसुवागढी नाकामा हाल समय २१ सम्म कन्टेनर आउन थालेको जनाइएको छ । सामग्री लिनका लागि नेपाली कन्टेनर चीनको केरूङ तथा पाङ्सिङसम्म दैनिक सयौँको सङ्ख्यामा पुग्ने गरेका थिए । कोभिड–१९ को सङ्क्रमण भएपश्चात मितेरी पुलबाट मानवको आवतजावत ठप्प बनाएपछि अहिले चिनियाँ पक्षले नै रसुवागढी पुर्याइ छाड्ने गरेका छन् ।चिनियाँ टेलरले स
रसुवा – २०७६ माघअघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफ्नै गाडीमा सामान ल्याइदिने गरेको छ । दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने नाका सहज बन्न नसक्दा […]
वीरगन्ज-वैदेशिक व्यापारको पारवहन सेवामा भारतीय रेलवे सेवाका भगिनी संस्था कोंकणको एकाधिकार समाप्त भए पनि मनोमानी अझै कायम नै छ । तेश्रो मुलुकसँगको व्यापारमा पारवहन सेवा दिँदै आएको कोंकणले समुद्री बन्दरगाहबाट रेलमार्फत वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म मालवाहक कन्टेनर ढुवानी गर्दै आएको छ ।यसअघि सुक्खा बन्दरगाह व्यवस्थापनको समेत हिस्सेदारी बनेको कोंकणले सुक्खा बन्दरगाहमा प्रिन्सटाइन भ्यालीले ठेक्का पाएपछि एकाधिकार […]
तेस्रो मुलुकबाट नेपालमाआयातहुने सामानबोकेर आएका कन्टेनर भारतको कोलकाता स्थित बन्दरगाहमा महिनौं अड्किने समस्या फेरि दोहोरिएको छ । नेपालआएर खालीभई पुनःकोलकाता पुगि सक्नुपर्ने अवधि नाघिसक्दा पनि कोलकाताबाट हिँड्नै नपाएका कन्टेनरको संख्या यसपटक हजार नाघेको छ । सोमबारसम्म नेपालकालागिचलानभइसकेकाआठ सय ६३ कन्टेनर यसमा छन् ।