वीरगन्ज-वैदेशिक व्यापारको पारवहन सेवामा भारतीय रेलवे सेवाका भगिनी संस्था कोंकणको एकाधिकार समाप्त भए पनि मनोमानी अझै कायम नै छ । तेश्रो मुलुकसँगको व्यापारमा पारवहन सेवा दिँदै आएको कोंकणले समुद्री बन्दरगाहबाट रेलमार्फत वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म मालवाहक कन्टेनर ढुवानी गर्दै आएको छ ।यसअघि सुक्खा बन्दरगाह व्यवस्थापनको समेत हिस्सेदारी बनेको कोंकणले सुक्खा बन्दरगाहमा प्रिन्सटाइन भ्यालीले ठेक्का पाएपछि एकाधिकार […]