नियमित उडान नगर्ने विमानलाई जुम्लामा रोक लगाइने

नियमित उडान नगर्ने कुनै पनि एयरलाइन्सलाई आगामी दिनमा जुम्लामा रोक लगाइने भएको छ ।अघिपछि नियमित उडान हुने र दसैं तिहारका बेला कर्णाली बासीलाई सास्ती दिने निजी एयरलाइन्सलाई जुम्लामा रोक लगाइने भएको हो । मंसिरदेखि भदौसम्म नियमित उडान गर्ने तर असोज र कात्तिकमा दसैं तिहारका बेला कर्णालीका नागरिकलाई बेवास्ता गरी अन्यत्र मात्र सेवा दिने निजी एयरलाइन्सलाई […]

सम्बन्धित सामग्री

‘निर्वाचनका दिन बुकिङ छैन, आन्तरिक उडान हुँदैन’

२९ कात्तिक, काठमाडौं । आम निर्वाचन हुने दिन ४ मंसिरमा न्यून बुकिङका कारण आन्तरिकतर्फ मुख्य गन्तव्यमा नियमित उडान नहुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिलेसम्म उडान नै रोक्ने औपचारिक निर्णय भने भएको छैन । तर, निर्वाचन आयोगले सो दिन सार्वजनिक यातायात चलाउन रोक लगाएका कारण हवाई यात्रु समेत प्रभावित बन्ने भन्दै स्वतः […]

दक्षिण कोरियाद्वारा पुनः नेपाली कामदार लैजान रोक

काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको […]

दक्षिण कोरियाद्वारा श्रमिक लैजान रोक

दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण बढ्न थालेसँगै श्रमिक लैजान रोक लगाएको छ । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत आउँदो सोमबार (फागुन २ गते)का लागि तय भएको नियमित उडान तालिका पनि स्थगित गरिएको जनाइएको छ ।

दक्षिण कोरियाद्वारा नेपाली श्रमिक लैजान रोक

काठमाडौं : दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि  सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ। पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयलाई उद्धत गर्दै सउलस्थित नेपाली दूतावासले जानकारी गराएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार

कोरोना बढेपछि दक्षिण कोरियामा नेपाली श्रमिक लैजान फेरि रोक

काठमाडौं । केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको सङ्क्रमणदर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ । पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायत अन्य देशबाट समेत श्रमिक लैजान रोक लगाइएको र १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगन गरिएको...

बुद्ध एयर प्रकरणः जहाज उडाएर पाइलटलाई मात्र प्रतिबन्ध किन ?

बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा अहिले सबैका परिचित पात्र बनेका छन् । असोज ११ गते सोमबार विराटनगर अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएर लामो प्रयासपछि जहाजलाई अवतरण गराएर ७७ जनाको ज्यान बचाएको भन्दै वाहवाही कमाएका क्याप्टेन शेर्पा अहिले प्रतिबन्धमा छन् ।बुद्धको एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लागेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को उडान सुरक्षा डिपार्टले क्याप्टेनसहित चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।जहाज रिलिजल्याण्डिङ गेयरमा समस्या आएर चालक दलका सदस्यसहित ७७ जना यात्रुलाई जहाजभित्रै रुन बाध्य बनाएको जहाज भने नियमित उडान गर्न थालिसकेको छ । बुद्ध एयर र प्राधिकरणका प्राविधिकहरुले जहाजको अनुसन्धान गर्दा कुनै खराबी नभेटेपछि जहाज नियमित उडानमा छ ।‘अनुसन्धान गर्दा जहाजमा कुनैपनि समस्या देखिएन, त्यसपछि जहाज रिलिज भईसकेको छ’ बुद्धका प्रवक्ता रुपेश जोशी भन्छन्, ‘अहिले उक्त जहाजमार्फत नियमित उडान गरिरहेका छौँ ।’उनका अनुसार नियमित उडान थालेको उक्त जहाजमा अहिले कुनैपनि समस्या देखिएको छैन ।गत सोमबार काठमाडौँबाट विराटनगर उडेको बुद्धको जहाज ल्याण्ड गर्ने समयमा पांग्रा खुलेको देखाउने इन्डिकेटर बलेको थिएन । त्यसपछि काठमाडौँ ल्याएर आकाशमा कयौँ फन्का घुमाएपछि पांग्रा खुलेको यकिन भएपछि मात्रै अवतरण गराइएको थियो । क्याप्टेनलाई प्रतिबन्ध किन ?क्याप्टेनसहित चालक दलका अन्यलाई अन्तराष्ट्रिय अभ्यास र नियम अनुसार नै जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले ‘इन्सिडेण्ट’ भएको अवस्थामा क्याप्टेन र चालक दलका सदस्यलाई ७२ घण्टा काम नलगाउने नीति लिएकाले सोही अनुसार उनीहरुलाई ७२ घण्टाको लागि प्रतिबन्ध लगाईएको जनाईएको छ ।बुद्ध एयरका प्रवक्ता जोशीले पनि क्यानले अनुसन्धानका लागि बनाएको समितिले शुक्रबार वा आइतबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनमा के आउँछ सोही अनुसार अघि बढ्ने बताए । चालक दलका सदस्यलाई प्रशिक्षणप्राधिकरण स्रोतले उनीहरुमा मानसिक त्रास वा अरु केही समस्या उत्पन्न भएको हुन सक्ने भएकाले उनीहरुलाई ‘रिफ्रेश’ गराईनेछ । रिफ्रेश गराउँदा सामान्य प्रशिक्षण पनि दिईनेछ । ‘क्यानको रिपोर्टमा के आउँछ त्यही गर्छौँ’ जोशीले भने, ‘क्यानले क्याप्टेनको लाइसेन्स फुकुवा गर्ने भन्यो भने तत्काल फुकुवा हुन्छ, केही दिन रिफ्रेश गराऔँ भन्यो भनेपनि हामी त्यो गर्छौँ ।’

थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी

काठमाडौं, असार २ । कोरोना संक्रमण दर घट्दै गएपछि थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएको छ। बढ्दो कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले वैशाख २० देखि आन्तरिकतर्फको पूरै र अन्तर्राष्ट्रियतर्फका अधिकांश उडानमा रोक लगाएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समिति ९सिसिएमसी० को सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले नियमित उडान खोल्ने तयारी […]

तीन देशमा नियमित उडानको अनुमति

काठमाडौं । सरकारले चीन, कतार (दोहा) र टर्कीको इस्तानबुलमा नियमित उडान गर्न अनुमति दिएसँगै ती कम्पनीको उडान तालिका पनि तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले इस्तानबुल र दोहा उडानका लागि नियमित उडानको तालिका तयार गरेको छ । भोलि अर्थात् बिहीवारदेखि टर्किश एयरलाइन्सले नियमित उडान शुरू गर्दै छ भने कतार एयरलाइन्सले आगामी सोमवारदेखि काठमाडौं–दोहा उडान गर्ने समय तालिका पाएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । टर्किश एयरलाइन्सको विमान बिहान ९ बजे नेपाल आउने र सोही दिनको बिहान ११ बजे नै फर्कने तालिका तयार भएको उनले बताए । तर, तीन देशमध्ये चीनतर्फको उडानका लागि चिनियाँ एयरलाइन्स र नेपालको निजी विमान कम्पनी हिमालय एयरलाइन्सले हालसम्म काठमाडौं–चीन उडानका लागि आवेदन दिएका छैनन् । सरकारको निर्णयसँगै चीन र हिमालय एयरलाइन्ससँग पनि उडानको आवेदन दिन अनुरोध गरिएको उनको भनाइ छ । चीनले अहिले उडानमा निकै कडाइ गरेको हुँदा त्यसतर्फको उडानका लागि आवेदन नपरेको हुन सक्ने प्राधिकरणको आकलन छ । यसैगरी नेपाल एयरसलाइन्सले पनि नियमित उडानका लागि अनुमति पाएको उनले जानकारी दिए । हाल चार्टर उडान गर्दै आएको नेपाल एयरलाइन्सले दोहाका लागि नियमित उडान गर्ने अनुमति पाएको छ । उसले सोमवार राति ११ बजे उडान गर्ने र मंगलवार बिहान नेपाल फर्कने गरी तालिका पाएको उनले बताए । सरकारले वैशाख २३ गते मध्यरातदेखि अन्तरराष्ट्रिय उडानमा रोक लगाएको थियो । कार्गाे, चार्टर उडान र भारतमा साताको २ ओटा उडान गर्न भने यथावत् राखिएको थियो । त्यसको झन्डै १ महीनामा सरकारले उल्लिखित ३ देशमा नियमित उडान गर्न दिने निर्णय गरेको थियो ।

https://www.onlinekhabar.com/2020/03/845003

४ चैत, काठमाडौं । नेपाल एयरलाइन्सले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न मलेशिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएसँगै नेपाल एयरलाइन्सले उडान स्थगित …