काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको दाबी गर्नुभएकाे छ । बुधवार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको कार्यकर्ता बनेर हिँडिरहेको कांग्रेस आचरण, नीति र व्यवहार सबै हिसाबले लोकतान्त्रिक हुनै नसक्ने तर्क गर्नुभयाे ।
अध्यक्ष ओलीले विगतमा पनि कांग्रेसले देशविरोधी काम गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहारसमेत गुमाएको आरोप लगाउनुभयो । उहाँले माओवादी केन्द्र पार्टी नभइ प्रचण्ड एन्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्...