काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा पेस गर्नुभएको विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समूहका सांसहरू तटस्थ बसेका छन् ।
विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै सबै मुद्दा फिर्ता लिइ दिन माग गर्नुभएको थियो । उहाँले संविधानमा सुधार गर्नुपर्ने आवश्यकता रह...