दबाबपछि भेरी करिडोरको काम तीव्र

तोकिएको समयमा सडक स्तरोन्नतिको काम नभएको भन्दै आलोचना भएपछि भेरी करिडोरको कामलाई तीव्रता दिइएको छ । यती बिल्डर्सले सडक पिच गर्नका लागि सडकको साइट कटिङको कामलाई तीव्रता दिएको हो । जाजरकोट सदरमुकामस्थित पासागाडबाट नलगाड नगरपालिकाको तल्लु बगरसम्म पिचका लागि ठेक्का पाएको यती बिल्डर्सले पिच भइसक्ने समयमा सडकको साइटमा कटिङको काम सुरु गरेको छ । शक्ति […]

सम्बन्धित सामग्री

गति लिँदै नयाँ सहर

तीन नगरपालिकालाई समेटेर भेरी किनारमा बन्न थालेको आधुनिक नमुना सहरको काम तीव्र गतिमा अघि बढेको छ । भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकामा बन्न थालेको भेरीगंगा उपत्यका नमुना आधुनिक सहर निर्माण हुन लागेको हो । यसले नदी वारि र पारिको ४ सय ६० वर्ग किलोमिटर क्षेत्रलाई समेट्नेछ ।

तल्नु बगर बेलिब्रिज निर्माणको काम तीब्र

भेरी करिडोरअन्तर्गत पर्ने तल्नु बगर बेलिब्रिज निर्माणको काम सुरु भएको छ। नेपालगञ्जदेखि सिधै डोल्पा पुग्नका लागि महत्वपूर्ण मानिएको तल्नुबगर बेलिब्रिज निर्माणको काम धमाधम सुरु भएको हो। सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का...

विद्युत् गृह निर्माण सुरु

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको पहिलो चरणको करिब १२ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । बाँध र पावर हाउस निर्माणको दोस्रो चरणको काम तीव्र गतिमा भइरहेको छ । आयोजनाका अनुसार हालसम्म करिब ४९.५ प्रतिशत भौतिक प्रगति भएको छ । तेस्रो चरणमा हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलको काम हुनेछ । हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल निर्माणको चरणमा बाँध सञ्चालनका लागि आवश्यक विद्युतीय गेटलगायतका काम हुनेछन् ।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणको कामले लियो गति[फोटो फिचर]

पुस ४, सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरण अन्तर्गतको काम तीव्र पारिएको छ ।  राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी काम चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो ।  तेस्रो चरणमा हाइड्रोमेकानिकल इन्जिनियरिङको काम शुरु गर्न ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएसँगै कामले तीव्रता लिएको आयोजना प्रमुख हरिनारायण यादवले बताए ।  उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फ आवश्यक कार्य स्वीकृत गराएर छिट्टै टेण्डर प्रक्रियामा जाने तयारी रहेको जानकारी दिए । अहिले सिभिलअन्तर्गत हेडवर्क्स, पावरहाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टको काम भइरहेको उनको भनाइ छ ।  उनका अनुसार लामो समय वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट अहिले बाहिर निकाल्ने काम भइरहेको छ । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम शुरु भइरहेको छ,’ उनले भने, ‘कामलाई जतिसक्दो छिटो सक्न एक दिन पनि नरोकी काम गरिरहेका छौं ।’ उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ खर्च भइसकेको बताए । उनका अनुसार आयोजनाको हालसम्म वित्तीय प्रगति ३८ दशमलव ३१ तथा भौतिक प्रगति ४९ दशमलव ५ प्रतिशत हासिल भएको छ । सरकारले आयोजनाका लागि चालू आवमा पूँजीगततर्फ विनियोजन गरेको बजेट ३ खर्ब ४ करोड ६ लाख रुपैयाँमध्ये १० करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।  आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० मा सक्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करीब ८०० मिटर डाइभर्सन गरिएको छ ।  मुआब्जा विवाद सुल्झियो आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवादसमेत टुंगिएको छ । अघिल्लो महीना बसेको संघीय मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२ दशमलव ८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए ।  उनले छिट्टै बाँकी रहेका आयोजना प्रभावित क्षेत्रका प्रभावितलाई क्षतिपूर्ति वितरण गरिने तयारी भएको जानकारी दिए । यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजना स्थलका बासिन्दा आन्दोलित थिए ।  जिल्लाको भेरीगंगा नगरपालिका–११, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको छ । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमि २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।  आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।

भेरी-बबई डाइभर्सनको सुरुङ खन्ने काम तीव्र, दुई वर्षको काम ६ महिनामै

सुर्खेत : राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजना भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कार्य तीव्र रूपमा अघि बढेको छ। भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाको जमिनमा सिँचाइ पुर्‍याउने उद्देश्यले निर्माण हुन लागेको आयोजनाको सुरुङ खन्ने कार्य तीव्र रूपमा अघि बढेको हो। दुई वर्षभित्र स...