भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरणको कामले लियो गति[फोटो फिचर]

पुस ४, सुर्खेत । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तेस्रो चरण अन्तर्गतको काम तीव्र पारिएको छ ।  राष्ट्रिय गौरवको आयोजनाले हाइड्रोमेकानिकल (एचएम) सम्बन्धी काम चीनको ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग २ अर्ब १३ करोड ७४ लाख ९३ हजार ९१६ रुपैयाँमा सम्झौता गरिएसँगै निर्माण कार्यले तीव्रता पाएको हो ।  तेस्रो चरणमा हाइड्रोमेकानिकल इन्जिनियरिङको काम शुरु गर्न ज्हेजियाङ ओरिएन्ट इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएसँगै कामले तीव्रता लिएको आयोजना प्रमुख हरिनारायण यादवले बताए ।  उनले इलेक्ट्रोमेकानिकल (ईएम) तर्फ आवश्यक कार्य स्वीकृत गराएर छिट्टै टेण्डर प्रक्रियामा जाने तयारी रहेको जानकारी दिए । अहिले सिभिलअन्तर्गत हेडवर्क्स, पावरहाउस (विद्युत् गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टको काम भइरहेको उनको भनाइ छ ।  उनका अनुसार लामो समय वर्षाका कारण बाँधस्थलमा जम्मा भएको पानी पम्पिङ विधिबाट अहिले बाहिर निकाल्ने काम भइरहेको छ । ‘पानी डाइभर्ट गरेर मुख्य बाँधस्थलमा ढलान गरी बबईको हात्तीखालमा पावर हाउसको जग खन्ने काम शुरु भइरहेको छ,’ उनले भने, ‘कामलाई जतिसक्दो छिटो सक्न एक दिन पनि नरोकी काम गरिरहेका छौं ।’ उनले आयोजनाको ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँ लागतमध्ये हालसम्म १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ खर्च भइसकेको बताए । उनका अनुसार आयोजनाको हालसम्म वित्तीय प्रगति ३८ दशमलव ३१ तथा भौतिक प्रगति ४९ दशमलव ५ प्रतिशत हासिल भएको छ । सरकारले आयोजनाका लागि चालू आवमा पूँजीगततर्फ विनियोजन गरेको बजेट ३ खर्ब ४ करोड ६ लाख रुपैयाँमध्ये १० करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।  आयोजनाको दोस्रो चरणका मुख्य काम बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजना बीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० मा सक्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करीब ८०० मिटर डाइभर्सन गरिएको छ ।  मुआब्जा विवाद सुल्झियो आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवादसमेत टुंगिएको छ । अघिल्लो महीना बसेको संघीय मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२ दशमलव ८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बताए ।  उनले छिट्टै बाँकी रहेका आयोजना प्रभावित क्षेत्रका प्रभावितलाई क्षतिपूर्ति वितरण गरिने तयारी भएको जानकारी दिए । यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजना स्थलका बासिन्दा आन्दोलित थिए ।  जिल्लाको भेरीगंगा नगरपालिका–११, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको छ । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमि २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।  आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ ।   

सम्बन्धित सामग्री

प्रभावित क्षेत्रका जनतालाई सेवा दिन भेरी किनारमा नयाँ कार्यालय

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिंचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्‍याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको छ।...

प्रभावित क्षेत्रका जनतालाई सेवा दिन भेरी किनारमा नयाँ कार्यालय

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिंचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्‍याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको छ।...

भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा

भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।...

आयोजना समयमै पूरा गर

सरकारले महत्त्वपूर्ण आयोजनाका रूपमा अगाडि सारेर बनाउन सुरु गरेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना करिब एक दशकमा पनि पूरा भएको छैन । २०७१ चैत १९ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको यो आयोजना नौ वर्ष पुरानो भइसकेको छ । एउटै आयोजनाबाट सिँचाइ र बिजुली निकाल्ने लक्ष्य राखिएकाले यो सामान्यभन्दा भिन्दै खालको आयोजना हो । अर्थात् […]

कछुवा गतिमा भेरी–बबई डाइभर्सन आयोजना

नौ वर्षमा ६० प्रतिशत काम सकिएको यो आयोजनाको बाँकी ४० प्रतिशत काम आगामी तीन वर्षमा सक्ने लक्ष्य राखिएको छ । तर मन्त्री बस्नेतको निर्देशन छ– दुई वर्षमा नसके म्याद थप हुँदैन । जाजरकोट– सरकारले महत्वपूर्ण आयोजनाका रूपमा अगाडि सारेर २०७१ चैत १९ मा शिलान्यास गरी निर्माण थालिएको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना १० वर्षमा लागेको छ […]

ढिला भए वार्षिक सात अर्ब घाटा हुने

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको समय लम्बिने देखिएको छ । सुरुमा आर्थिक वर्ष २०६८/०६९ बाट सुरु भई २०७६/०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा २०७९/०८० मा सम्पन्न गर्ने संशोधित लक्ष्य लिइएको छ । तर हालसम्म भइरहेको कामको प्रगतिअनुसार संशोधित समयमा पनि आयोजना सम्पन्न नभई समय लम्बिने सम्भावना देखिएको हो । गत आर्थिक वर्ष २०७७/०७८ […]

भेरी–बबई डाइभर्सन बनाइसक्न अझै ३ वर्ष

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न हुन अझै ३ वर्ष लाग्ने भएको छ । भेरी नदीको चिप्लेमा निर्मित बाँध बगाएपछि र सुरुङमार्गमा पानी पसेपछि निर्माणको काम पछि धकेलिएको हो । कोरोना महामारीका कारण सामग्री ढुवानीमा समस्या भएपछि पनि आयोजनाको काममा समस्या देखिएको छ ।

भेरी–बबई डाइभर्सनको सुरुङ निर्माण तीव्र - Naya Patrika

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (बिबिडिएमपी)को निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । निर्माण कम्पनीले टनेल बोरिङ मेसिन (टिबिएम)मार्फत सुरुङ बनाउन थालेपछि निर्माण कार्यले तीव्रता पाएको हो । परम्परागत प्रविधिबाट करिब...पूरा पढ्नुहोस् »