रासस। वर्षाका कारण बाढी र पहिरो आउँदा आजसम्म देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् भने २८ सडक एकातर्फबाट (आशिंक) मात्रै सञ्चालनरत छन्। असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ। विभागअन्तर्गका डिभिजन सडक कार्यालयले नजिकैका हेभि इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुवैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको विभागले जनाएको छ।