सत्ता गठबन्धनबीच चुनावी गठबन्धन गर्ने वा नगर्ने मतभेद चर्किरहेका बेला नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले भने चुनावमा गठबन्धन गर्न नहुने बताएका छन् । प्रदेश सभापतिहरूले पार्टीको चुनावी अभियानमा स्थानीय नेता कार्यकर्ताले सबैभन्दा बढी गठबन्धन गर्ने कि नगर्ने भन्ने प्रश्न तेर्स्याएको बताए । गठबन्धन नगरी नहुने परिस्थिति भए राष्ट्रियरुपमा नभई स्थानीय आवश्यकतामा आधारित पार्टीका स्थानीय कार्यसमितिकै निर्णयका आधारमा गर्नुपर्ने उनीहरूको भनाइ छ ।