कर्मचारीलाई कोरोना देखिएपछि औषधि व्यवस्था विभागको सेवा बन्द

काठमाडौं : तीनजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि औषधि व्यवस्था विभागले सेवा बन्द गरेकाे छ। कर्मचारीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हुँदा हाललाई विभागबाट हुँने काममध्ये नविकरणबाहेक अरु काम तत्कालका लागि स्थगित भएको विभागले जनाएको छ।पछिल्लो समय काठमाडौंसहित देशभर कोरोना संक्रमण तिब्ररुपमा फैलिरहेकाे छ।

सम्बन्धित सामग्री

औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण

१२ वैशाख, काठमाडौँ । औषधि व्यवस्था विभागका तीनजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विभागमा कार्यरत तीनजनामा कोरोना संक्रमण देखिएको विभागका प्रवक्ता सन्तोष केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार संक्रमितहरुको सम्पर्कमा आएका ८ जना होम आइशोलेशनमा बसेका छन्। यस्तै औषधि पसल नवीकरणबाहेकका सबै सेवा अवरुद्ध भएका छन् ।

अनलाइनखबर