धनकुटा : पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो। २०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको थियो।प्रदेश सरकार तथा स्थानीय बासिन्दाको लागत सहभागितामा तीन करोड ६७ लाख रुपैयाँको लागतमा खाने