काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार पाँच सयभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार एक सय २७ जना, भक्तपुरमा एक सय ८२ जना र ललितपुरमा दुई सय ५२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।
गएको २४ घण्टामा देशभर चार हजार नाै सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्मकै धेरै ३५ जनाको ज्यान गएको छ ।
केही हप्तायता काठमाण्डाै उपत्यकासहित देशका ठूलाे सहरमा काेराेना सङ्क्रमण...