सुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु भएको छ । सुर्खेतमा २ र दैलेखमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलका अनुसार दुई जनाको मृत्यु भएको हो ।उनका अनुसार भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मृत्यु भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरा