विराटनगर : किराँतहरुको महान पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ विराटनगरमा धुमधाम साथ मनाएका छन्।आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आएर संगठित भएका किराँत राई यायोक्खा, याक्खा छुम्मा र किराँत याक्थुङ चुम्लुङले विभिन्न कार्यक्रमको आयोजना गरि उधौली पर्व अर्थात चासोक तङनाम मनाएका हुन्।विषेश गरेर पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने राई, लिम्वू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्ने प्रचलन रहेको छ।