आज किरात समुदायको उधौली पर्व‚ विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : किरात समुदायले आज धुमधामका साथ उधौली पर्व मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले सकेला र लिम्बू समुदायले चासोक तङ्नामका नाममा उधौली पर्व मनाउँछन्।आजको दिन किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि कुलदेवतालाई चढाई खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन्। बालीनाली राम्रो गराइदिएकोमा प्रकृतिलाई धन्यवाद दिँदै पूजा गर्ने प्रचलन छ।भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर परम्परागत बाजागाजा