बेलायती महारानी एलिजावेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित कार्यक्रममा करिब १६ करोड २० लाख पाउण्डस्टर्लिङ्ग (करिब २० करोड १० लाख अमेरिकी डलर) खर्च भएको बेलायत सरकारले बिहीबार सार्वजनिक गरेको छ।गत सेप्टेम्बर १९ मा बेलायतमा सबैभन्दा लामो समयसम्म शासन गर्ने महारानीको राजकीय अन्त्येष्टिमा सयौं विदेशी राष्ट्रप्रमुख र राजपरिवारका प्रमुखको व्यापक सुरक्षा अभियान सञ्चालन गरिएको थियो।लण्डनस्थित बेलायती संसद र एडिनबर्गमा रहेको उनको शवलाई हेर्नका लागि चौबिसै घण्टा लामबद्ध