एनएमबि बैंक लिमिटेडले पहिलो पटक स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण लिने भएको छ । सिफेम र स्वीस सरकार विकास सहयोग एस.डि.सि बीचको सहकार्यमा बैंकले उक्त रकम नेपाल भित्र्याउन लागेको हो । गत सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र स्वीस सरकार विकास सहयोग एस.डि.सिको प्रतिनिधि स्वीस राजदूत राजदुत एलिजावेथ भोन क्यापेलरबीच ऋण सम्झौतापत्रमा हस्ताक्षेर भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै बैंकले नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विश