नेटुवा जातिको गुनासो: हामीहरुले कहिले भत्ता पाउछौ?

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि अहिले उम्मेदवारहरु मतदातालाई आकर्षित गर्न घरदैलो भेटघाटमा जुटेका छन्।...

सम्बन्धित सामग्री

हामी महिला स्वास्थ्य स्वयंसेविका [कविता]

कहिले भन्छन दिवस अनि कहिले के के सप्ताह। प्रचार प्रसार र्‍याली गर्दा, कहाँ पाउनु र भत्ता। हिड्नु पर्यो बिना भत्ता, छैन हाम्रो ठूस्कान । हाँसी खुसी हिड्छौं सधै, ओठमा छर्दै मुस्कान ।

नागरिकको प्रश्न : कहिले पाउने नागरिकता?

विराटनगर  :   उमेर ठ्याक्कै कति पुग्यो उनलाई थाहा छैन।  उनका अनुहारमा बुढ्यौलीका थुप्रै संकेतहरू देखिन्थे । चाउरिएको अनुहार, कपाल फुलेर कपास झैँ देखिन्थे। अनुहारलाई नियाल्ने हो भने, उमेरले ७ दशक काटे झैँ देखिने मालोदेवी ऋषिदेवले अझै नेपाली नागरिकता पाएकी छैनन्। विराटनगर–४ खारजी कोहबराको सुकुमबासी बस्तीमा भेटीएकी मालोदेवीका श्रीमान र छोराहरू भने नेपाली नागरिकता प्राप्त नागरिक हुन्।आफू जन्मेको साल भन्न नसक्ने उनलाई  उनलाई नागरिकता भएको भए यो उमेरमा सरकारले दिने भत्ता

‘पापीले कहिले निको नहुन्या घाउ दिइगयो’

६ साउन, महेन्द्रनगर । चार महिनापछि विमला (परिवर्तित नाम) एकल महिला भत्ता लिन नगरपालिका जाँदैछिन् । उनको घरदेखि नगरपालिका पुग्न कस्सिएर हिंड्दा दुई घण्टा लाग्छ । यसै त तराईको उखरमाउलो गर्मी । हिंड्दा–हिंड्दै उनको घाँटीको खटिरा चिलाउन थाल्यो । खटिरा कन्याउँदै उनले सुस्केरा हालिन्, ‘मरन्या मरेर बाई गयो पापीले मकनी कहिलै निको नहुन्या घाउ दिइगयो’ […]

वृद्धभत्ता वितरणको तीन दशक, कहिले कति बढ्यो ?

नेपालमा सरकारले वृद्धवृद्धालाई भत्ता दिने व्यवस्था गरेको तीन दशक पुग्न लागेको छ । उक्त अवधिमा विभिन्न समयमा गठन भएको सरकारले पटकपटक वृद्धभत्ता बढाउँदै आएको छ । यसपटक आर्थिक वर्ष २०७९/०८० को बजेटमा भने भत्ता नबढाई दुई वर्ष उमेर घटाएर भत्ता उपलब्ध गराउने घोषणा गरिएको छ । अब भने ६८ वर्षमै वृद्धभत्ता प्राप्त गर्न सकिने छ …

तीन रोगका बिरामीलाई मासिक ५,००० भत्ता : कसले पाउँछ, कसले पाउँदैन ?

सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाको बिरामीलाई मासिक ५,००० औषधि खर्च उपलब्ध गराउने गरी मन्त्रीस्तरीय कार्यविधि तयार भएको अधिकारीहरूले बताएका छन्।'बिरामीहरूको औषधि उपचार लामो समयसँग गर्नु पर्ने र खर्चिलो हुने हुँदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार बापत खर्च उपलब्ध गराउने' स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य र अर्थ मन्त्रालयबीच सहमतिपछि हाल लाभग्राहीको सङ्ख्या र आवश्यक रकमबारे अध्ययन भइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले जानकारी दिए।'वार्षिक दुई अर्ब रुपैयाँ खर्च हुने आकलन गरिएको छ,' उनले भने।कतिपय सरोकारवालाले यसले बिरामीलाई राहत हुने बताए पनि मेरुदण्ड पक्षाघातका बिरामीका सरोकारवालाले भने कार्यविधिमा गम्भीर त्रुटि भएको बताएका छन्।कसले पाउँछन् औषधोपचार भत्ता?क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाका बिरामीलाई मासिक भत्ता दिइने भनिएको छ। तर त्यस्ता सबैले उक्त भत्ता पाउने छैनन्।मिर्गौला बिरामीहरूको हकमा मिर्गौला प्रत्यारोपण गराएका वा नियमित डायलिसिस गराइरहेकाहरूलाई मात्र भत्ता पाउने छन्।सचिव पोख्रेलका अनुसार हाल करिब ८,००० जनाले सरकारमार्फत नि:शुल्क डायलिसिस गराइरहेका छन्।त्यस्तै क्यान्सर भएका र उपचारपछि निको भएका बिरामी जो चिकित्सकको नियमित निगरानीमा छन्, उनीहरूलाई पनि सो रकम दिइने छ।मेरुदण्ड पक्षाघात भएका व्यक्तिहरू जोसँग नीलो वा रातो अपाङ्ग परिचयपत्र छ, उनीहरूले पनि रकम पाउने छन्।गरिब परिचयपत्र वितरण भएको जिल्लाका लाभग्राहीले 'गरिब परिचयपत्र' पेस गरेर सुविधा लिन सक्छन्।परिचयपत्र वितरण नभएका जिल्लामा स्थानीय तहले सिफारिस गर्नु पर्ने पोख्रेल बताउँछन्।कहिले र कसरी पाइन्छ?सरकारले तोकेको रकम स्थानीय तहले सम्बन्धित व्यक्तिको ब्याङ्क खातामा जम्मा गर्नेछ। तीन महिनाको रकम एकै पटक उपलब्ध गराइने कार्यविधिमा उल्लेख गरिएको छ।लाभग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि र चिकित्सकको सिफारिससहित निवेदन वडा कार्यालयमा बुझाउनु पर्ने हुन्छ।मेरुदण्ड पक्षाघात भएकाहरूले रातो वा नीलो कार्डको प्रतिलिपि पनि समाविष्ट गर्नु पर्ने उल्लेख गरिएको छ। चैत १३ गते स्वीकृत गरेको कार्यविधि हाल कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले स्थानीय तहहरूमा परिपत्र गरेको छ।'आवश्यक गृहकार्य गरिरहेका छौँ। सके यो वर्ष नसके आगामी आर्थिक वर्षको बजेटमा यस कार्यक्रमलाई पठाउँछौँ,' पोख्रेलले जानकारी दिए।कसले भत्ता पाउँदैनन्?सरकारी र विदेशी संस्थामा कार्यरत वा त्यहाँबाट सेवानिवृत्त भई पेन्सनको सुविधा पाइरहेकाले भत्ता नपाउने बताइएको छ।ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको भत्ता र अपाङ्ग भत्तालगायत अन्य सामाजिक सुरक्षा भत्ता पाइरहेकाले पनि यो सुविधा पाउँदैनन्।एक जना व्यक्तिलाई क्यान्सर, मिर्गौलाको समस्या र मेरुदण्डमध्ये दुई वा तीनै किसिमको रोग लागेको छ भने पनि मासिक रु ५,००० मात्रै पाइन्छ।'रकम प्राप्त गर्ने समूहले यसअघि सरकारले दिँदै आएको सेवासुविधा पनि निरन्तर पाउने छन्। मिर्गौलाको नियमित डायलिसिस गराइरहेकाले नि:शुल्क सेवाबाट वञ्चित हुनु पर्दैन,' स्वास्थ्य सचिव पोख्रेलले भने।तर उनको भनाइ कार्यविधिमा 'अन्य किसिमको सामाजिक सुरक्षा भत्ता पाइरहेकालाई यो सुविधा उपलब्ध नहुने' बुँदासँग मेल खाँदैन।किनकि मेरुदण्ड पक्षाघात भएकाहरूलगायत अन्य रातो कार्ड भएका (क वर्गका) अपाङ्गहरूले सामाजिक सुरक्षा भत्ता स्वरूप ३,९९० रुपैयाँ र नीलो कार्ड २,१२८ रुपैयाँ पाउने सुविधा थियो।अब उक्त सुविधा पाइरहेकाहरूले औषधि खर्च वा भत्तामध्ये एक मात्र पाउने बताइएको छ।'कार्यविधिमा गम्भीर त्रुटि'?स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका अध्यक्ष ऋषि ढकाल कार्यविधिमा गम्भीर त्रुटि भएको बताउँछन्।यस वर्षको सुरुवातमा अर्थमन्त्री जनार्दन शर्माले आफूहरूलाई सामाजिक सुरक्षा भत्ताबाहेक औषधि खर्च स्वरूप भत्ता दिने र तीन जटिल स्वास्थ्य समस्या भएका बिरामीहरूका लागि छ अर्ब रुपैयाँ छुट्टाउने बताएको उनले सुनाए।'तर अहिले आएर हाम्रो माग नै सम्बोधन नगर्ने गरी कार्यविधि आयो,' ढकालले भने।'स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई युरिन ब्याग, फुल क्याथेटर्स, डाइपर, घाउ हुँदा लगाउने औषधि बापत शुल्क दिनूस् भनेका थियौँ। त्रुटि के भएछ भने सामाजिक सुरक्षा भत्ता र औषधोपचार खर्च भन्ने लेखिएछ।'यस विषयमा छलफल गर्नका निम्ति स्वास्थ्यमन्त्रीको उपस्थितिमा बैठक माग गरेको जानकारी ढकालले दिए।'ठूलो राहत पाउने भयौँ'विसं २०७८ भदौ २५ गते सरकारले गरेको निर्णय कार्यविधि नबनेकै कारण कार्यान्वयन हुन सकेको थिएन।यसअघि २०७४ सालमा क्यान्सर, मेरुदण्ड र मिर्गौलाका बिरामीलाई जीविकोपार्जनका लागि पाँच हजार रुपैयाँ दिने निर्णय भएको थियो। तर सरकार परिवर्तनसँगै तोकिएको बजेट विनियोजन नभएकाले निर्णय लागू हुन सकेन।सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको केही बिरामीहरूको आरोप छ।मिर्गौला पीडित सरोकार समाज नेपालका केन्द्रीय अध्यक्ष बलराम सुवेदी कार्यविधि तयार भइसकेकाले अब भत्ता दिन थप ढिला हुन नहुने बताउँछन्।'मिर्गौलाको समस्या मात्र नभई अन्य कुनै दीर्घ रोगको खर्च पाँच हजार रुपैयाँले धान्दैन तर ठुलो राहत चाहिँ हुनेछ,' सुवेदीले भने।यस भत्ताले गरिब र उपचारका लागि विकट ठाउँबाट अस्पताल भएका ठाउँसम्म आउने बिरामीहरू लाभान्वित हुने उनको तर्क छ।'सुरुमा औषधि नै दिने कुरा थियो। तर हामीले हुँदैन भन्यौँ। किनकि एक लाखको भनिएको स्वास्थ्य बिमामा हामीले ५० हजार पनि पाउँदैनौँ। रकम आफ्नै हातमा पर्ने हो भने आवश्यकता अनुसार खर्च गर्न पाउँछौँ,' उनले भने।कार्यविधि तयार भएसँगै सरकारले, मिर्गौला रोग, क्यान्सर रोग र स्पाइनल प्यारालाइसिस भएका बिरामीलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ खारेज गरेको छ। -बिबिसीबाट

गर्नु पर्दैन काम, लिए हुन्छ दाम

तिकडमबाहेक गर्नु पर्दैन खास कुनै कामआफ्नै हात जगन्नाथ, जति लिए हुन्छ दामनेपाली नेता पो त, के सम्झ्या छ कसैले?त्यत्तिकै ठडिन्छ कीर्ति, त्यत्तिकै चल्छ नाम!–चेतन६ महिनामा कुनै दिन एक मिनेट, कुनै दिन आधा–पौने घण्टा गरेर जम्मामा ६-७ घण्टा चल्यो नेपाली संसद। कहिले जेठाको टाउको दुख्छ, कहिले माइलालाई झोँक चल्छ, कहिले साइँलाको घुर्की त कहिले कान्छाको फूर्ति।तलब भत्ता भने अर्बमा खर्च भैहाल्छ। त्यही घटना भएपछि र त्यही काम भएपछि त्यसैमा लम्कीझम्की वक्तव्यबाजी र भाषणभूषण भैहाल्छ। बस्, सबै खाले मि

कहिले पाउने समयमा उपचार ?

बैतडी जिल्लामा रहेको दशरथचन्द नगरपालिकाको डुंगरा भन्ने गाउँमा केही दिन अगाडि एक जना दाइको लडेर खुट्टा भाँचियो । ती दाइ मानसिक तथा शारीरिक रूपमा अशक्त छन् । सरकारले उनलाई अशक्त भत्ता उपलब्ध गराउँछ । अशक्त भएसँगै उनलाई छारेरोगको समस्या समेत रहेको छ । कतिखेर कहाँ लड्छन्, केही थाहा हुँदैन । त्यसैले एक जना उनको वरिपरि […] The post कहिले पाउने समयमा उपचार ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

अर्थमन्त्रीको वक्तव्यमाथि सांसदका जिज्ञासा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको मुलुकको आर्थिक स्थितिसम्बन्धी वक्तव्यमाथि राष्ट्रियसभाका सांसदहरुले बजेटलाई प्रतिस्थापन गर्ने विधेयक कहिले आउँछ भनी प्रश्न गरेका छन् । सांसद डा खिमलाल देवकोटाले अर्थमन्त्रीले वैदेशिक ऋण बढेको उल्लेख गरेकाले उनलाई ऋणबिना नै अघि बढ्न लागिएको हो भनी प्रश्न गरे। नेपाली काँग्रेसका प्रकाश पन्थले अपाङ्गता भएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउनुपर्नेमा जोड […]

प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई ५ हजारको लोभ देखाएको आरोप

काठमाडौं । सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छन् ।  उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् । ओलीले  जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आग्रह गरिन् । यस्तै सांसद अनिल