गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घोषणा गरेसँगै गुल्मीदरबार पूर्णखोप सुनिश्चित भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा शाखा प्रमुख नारायणप्रसाद अर्यालले गाउँपालिकामा खोपको अवस्था सम्बन्धमा जानकारी गराएका थिए । उनले स्वास्थ्यका सूचकको जानकारी दिँदै गुल्मीदरबार […]