बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका