सरकारले कच्चा दुधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएपछि राष्ट्रिय उपभोक्ता मञ्चले विरोध गरेको छ । मन्त्रीपरिषद् बैठकले किसानले पाउने दुधको मूल्य बढाएर प्रतिलिटर ५६.०४ रुपैयाँ पुयाएपछि मञ्चले विरोध गरेको हो । मञ्चले भनेको छ, ‘किसानले बिक्रि गर्ने दूधको मूल्य बढाएको भनिएपनि पुरानै समर्थन मूल्य नपाएको स्थिती छ । यो निर्णयले किसान र उपभोक्ता दुवैलाई झुक्याइएको छ ।’ सरकारको उक्त निर्णयपछि उपभोक्ता मूल्य ९ रपैयाँले बढेको र सो निर्णयबाट उपभोक्ताले मार खेप्नुपर्ने जनाएको छ । दुग्ध विका