बजारमा एलपीजी ग्याँसको चरम अभाव छ । उद्योगी व्यवसायीले ढुवानी गरेबापत चाहिने कमिशन बढाउन दबाब दिँदै १० दिन ग्याँस आपूर्ति प्रणाली अवरुद्ध गर्दा बजार अस्तव्यस्त बनेको छ । रित्तिएको सिलिन्डर लिएर साट्न जाँदा एक साताको भाका दिने डिलरहरू लागत र प्रचलितभन्दा बढी मूल्यमा नयाँ सिलिन्डर भने तत्काल दिन तम्सिन्छन् ।बजारमा देखिएको ग्याँस अभाव र उद्योगीका समस्याका बारेमा केन्द्रित रहेर रातोपाटीका निकेश खत्रीले नेपाल एलपीजी ग्याँस उद्योग संघका अध्यक्ष कुश मल्लीसँग विस्तृत कुराकानी गरेका छन् । प्रस्तुत छ, मल्