तरकारी बजारमा क्यूआर कोडमार्फत् भुक्तानी

देशभरका तरकारी तथा फलफुल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न मिल्ने अभियानलाई राष्ट्र बैंकले तिब्रता दिएको छ ।काठमाडौंको नक्साल र कालिमाटीमा रहेको तरकारी तथा फलफुल बजारमा क्यूआर कोडको प्रयोग गरि भुक्तानी गर्न सकिने अभियान शुरु गरेको राष्ट्र बैंकले शुक्रबार ललितपुरको नखु तरकारी तथा फलफुल बजारमा पनि उक्त प्रणालीको शुभारम्भ गरेको हो ।राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक र नखु तरकारी तथा फलफुल बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरे ।क्यूआर कोडको शुभारम्भ गर्द

सम्बन्धित सामग्री

कालिमाटी तरकारी तथा फलफूल बजारमा पनि क्यूआर कोड

कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रवार बजारमा क्यूआर कोड सञ्चालनमा ल्याएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा शुक्रवार आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको शुरूवात गरे ।  गभर्नर अधिकारीले न...

तरकारी बजार, चिया पसल र ट्याम्पोमा पनि क्यूआर कोड

डिजिटल भुक्तानीको माध्यम क्यूआर कोडको चर्चा र प्रयोग दुवै चुलिएको छ । गत साता नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर क्यूआर कोडमार्फत भुक्तानी सुरुवात गरेयता यसको चर्चा र प्रयोग बढेको छ । राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई तीव्र रूपमा अगाडि बढाएसँगै चिया पसलदेखि होटल, पसल, रेस्टुरेन्ट हुँदै ट्याम्पो चढ्दासमेत क्यूआर कोडमार्फ भुक्तानीको क्रम पनि सुरु भएको छ । हातमा स्मार्ट फोन र इन्टरनेटको पहुँच पुगेपछि नगद चाहिएन । एटीएम बुथ खोज्दै हिँड्ने र कोरोना लाग्ला कि भन्ने त्रासबीच नगद झिक्नु नपर्ने भएपछि त यसले देशको डिजिटाइजेसन प्रक्रियामा योगदान दिने आभास हुन थालेको छ । राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा पछिल्लो समय ‘क्यूआर कोड’को माध्यमबाट डिजिटल बैङ्किङका लागि अभियानकै रूपमा विस्तार गरिरहेको छ ।