लुम्बिनी प्रदेशका  बिना विभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले आज जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् । मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगा मगरले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । मन्त्री ढेंगामगरले आज मुख्यमन्त्री कार्यालयबाट मन्त्रालयको जिम्मेवारी दिएको जानकारी आएको र  भोलि पदभार हुने बताइन् । साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता क