जनता समाजवादी पार्टीका १४ जना पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टीले १४ नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा गरेको छ । सो पार्टीको गण्डकी प्रदेश कमिटीले उनीहरूलाई निष्कासनको घोषणा गरेको हो।  निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन् । उनीहरू केही दिन अघि नै एमालेमा प्रवेश गरेका थिए ।

सम्बन्धित सामग्री

बागी उम्मेदवारी दिने जसपाका सात नेता पार्टीबाट निष्कासित

वीरगञ्ज – पार्टीको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका सात जना नेतालाई जनता समाजवादी पार्टी पर्साले निष्कासन गरेको छ। टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सात जनालाई पार्टीको सधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए। निष्कासित हुनेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी, मुकेश द्विवेदी,रुपेशमान सिंह, प्रमोद […]

बाबुरामसहित नौजना जसपाबाट निष्कासित, अशोक राईलाई संघीय परिषद्को जिम्मेवारी

जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ ।पार्टीबाट निष्कासित पर्नेहरूमा डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन् । त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ ।

जसपा दल आधिकारिकताका लागि निर्वाचन आयोग जाने उपेन्द्र पक्षको निर्णय

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले दलको आधिकारिकता प्राप्त गर्नका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।बिहीवार बसेको पार्टी कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको कार्यकारिणी समिति सदस्य रामसहाय यादवले लोकान्तरलाई जानकारी दिए ।पार्टीबाट निष्कासित गरिएका व्य...

ओली सरकारमा गएका महन्थ ठाकुर पक्षका ९ जना पार्टीबाट निष्कासित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बिहीबार बसेको उपेन्द्र–बाबुराम पक्षीय कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको उपन्द्र यादवका प्रेस संयोजक...

ठाकुर पक्षले आयोगमा अझै बुझाएन प्रमाण

जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगले माग गरेअनुसार कागजात अझै बुझाएको छैन । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्कासित गर्दै कारवाहीबारे निर्वाचन आयोगलाई जानकारी गराएका थिए । पत्र बुझाएको दुई दिनपछि उल्लेखित ढाँचाअनुसार निवेदन दिने प्रकृया नपुगेको भन्दै आयोगले सोहीअनुसार निवेदन दिन यादव पक्षलाई भनेको थियो भने ठाकुर पक्षलाई कागजातहरु पनि नपुगेको हुनाले नियम वालीको अनुसूची १८ को ढाँचा अनुसार निवेदन दिन र आवश्यक क

ठाकुर र महतोसहित जसपाका चार नेता पार्टीबाट निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव समूहले नेता महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । सोमबार बसेको बहुमत कार्यकारिणी सदस्यहरूको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्धय लक्ष्मण लाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निष्कासन गरेको हो ।

जसपाका नेता ओली सरकारमा सामेल भए पार्टीबाट निष्कासित हुने

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी बैठकले पार्टी हित विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने पनि निर्णय गरेको छ ।

जसपाका नेता ओली सरकारमा सामेल भए पार्टीबाट निष्कासित हुने

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी बैठकले पार्टी हित विपरीत कार्य गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने पनि निर्णय गरेको छ ।