तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपतिको आह्वान

रुपन्देही । तीन महिनादेखि नेपाल संस्कृत विश्वविद्यालयमा लागेको तालाबन्दी खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित रूपमा सार्वजनिक आह्वान गरेका छन् । उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले साउन अन्तिम साता राजीनामा दिएपछि उपकुलपतिको जिम्मेवारी खतिवडाले पाएका छन् । खतिवडा यसअघि विश्वविद्यालयको शिक्षाध्यक्ष थिए । तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उनले बुधबार सरोकारवाला […]

सम्बन्धित सामग्री

संस्कृत विश्वविद्यालयमा पनि झण्डै एक महिनादेखि ताला

१२ जेठ, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङमा विभिन्न माग राख्दै १९ वैशाखमा नेविसंघले लगाएको ताला अझै खुलेको छैन । नेविसंघले दीक्षान्त समारोह हुनुपर्ने, पाठ्यक्रम परिमार्जन हुनुपर्ने लगायतको माग राखेर ताला लगाएको थियो । विश्वविद्यालयको मुख्य प्रवेशद्वारमा नै तालाबन्दी लगाउँदा स्नातकोत्तर तहको पठनपाठन ठप्प हुनुको साथै विद्यावारिधि तहको सर्टिफिकेट दिन समस्या भएको विश्वविद्यालयले जनाएको छ […]