बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

५ वैशाख, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी […]

सम्बन्धित सामग्री

मोरङमा आगलागी हुँदा ६५ लाखको क्षति

काठमाडौं। मोरङको धनपालथान गाउँपालिका-४ बीपीचोकमा राजेन्द्र शर्माको काठको फर्निचरबाट विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा ५० लाख रूपैयाँबराबरको क्षति भएको छ। आगलागीबाट तयारी फर्निचरका सम्पूर्ण सामान, काठ, मेसिनरी सामान जलेको प्रहरीले जनाएको छ। आगो फैलिएर सोही ठाउँ बस्ने ५१ वर्षीय कुमार कार्की होटल पूर्ण रूपमा जल्दा करिब १५ लाख रूपैयाँबराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ।

Dekhapadhi

फर्निचर गोदाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

ताप्लेजुङ । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब रु १५ लाखको क्षति भएको गुरुङले जानकारी दिए । बिजुली […]

Prashasan

घरमा आगलागी हुँदा लाखौंको क्षति

दोलखाको बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गंगाबहादुर दाहालका घरमा आगलागी भएको छ । सोमवार बिहान करीब साढे ११ बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।  स्थानीय, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्सनको पानी ट्यांकी समेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीय सुजन दाहालले जानकारी दिए । भूकम्पले क्षति भएपछि निर्माण भएको घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुप...

Lokaantar

प्लाई फ्याक्ट्रीमा आगलागी हुँदा तीन करोडको क्षति

काठमाडौं। झापाको मेचीनगर नगरपालिका-१५ लालझोडास्थित भगवती प्रा.लि उद्योग (प्लाई फ्याक्ट्री)मा बिहीबार बिहान आगलागी हुँदा तीन करोड बराबरको आर्थिक क्षति भएको छ। प्रहरीकाअनुसार आगलागी हुँदा फ्याक्ट्रीमा रहेका मेसिनलगायत सामानहरु जलेको छ। गृह मन्त्रालयकाअनुसार २०७८ वैशाख १ गते यता आगलागीका घटनाबाट देशभर २२ करोड रुपैयाँ भन्दा बढीको क्षति गरेको र १० जनाको मृत्यु भएको छ।

Dekhapadhi

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, का

Ratopati

आगलागी हुँदा ४० लाखको क्षति

व्यास नगरपालिका–४ ट्राफिक चोक, दमौलीस्थित होटल सःस इनमा सोमबार राति आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट होटलको तल्लो तल्लाको भागमा पूर्ण रूपमा क्षति पुगेको सो रकम बराबर भौतिक संरचनामा नोक्सान पुगेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । विद्युत सट भई आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

गोरखापत्र