नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालेको चार वर्षमा २.१६३ किमि खनिएको छ । मुख्य सुरुङको दूरी भने २.६८८ किमि हो । अब ५२५ मिटर खनिए सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुन्छ । आपत्कालीन सुरुङ पनि २.५०१ किमि खनिसकिएको छ, जुन सुरुङको कुल दूरी २.५५७ किमि हो । आपत्कालीन सुरुङ खन्न पनि ५६ मिटर मात्र बाँकी छ । यही रफ्तारमा काम हुन सके चार महिनामा मुख्य सुरुङ र साउनभित्र आपत्कालीन सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ हुने बताइएको छ ।