प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदान अधिकृतलगायतको कर्मचारीे टोली निर्वाचन सामग्रीसहित मतदान केन्द्र खटिएका छन् । मतदान अधिकृत, सुरक्षाकर्मीसहित मतदान केन्द्र पठाइएको प्रमुख जिल्ला अधिकारी द्रोणप्रसाद पोखरेलले बताए ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ७ पहाडी र २ तराईका नौवटै जिल्लामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू हिँडेका छन् । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाको ३२ स्थानमा निर्वाचन हुनेछ । सवैभन्दा बढी कैलालीमा ५ निर्वाचन क्षेत्र, कञ्चनपुरमा ३ र अछामका २ र अन्य जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् ।
लमजुङ – ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३/३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन […]

मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ । आजदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन् । यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिए । उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए ।
एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा रहेको पर्वतमा ११ सय निर्वाचन कर्मचारी खटिएका छन् । ७४ मतदानस्थलका १३९ मतदान केन्द्रमा १३९ मतदान अधिकृत र त्यत्तिकै संख्याका सहायक मतदान अधिकृत खटिएका हुन् । सबै मतदान केन्द्र गरी ११ सय १२ जना कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कर्यालयले जनाएको छ ।