आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका ७ पहाडी र २ तराईका नौवटै जिल्लामा कर्मचारी र सुरक्षाकर्मीहरू मतदान केन्द्र हिँडेका छन् । जिल्ला निर्वाचन कार्यालयहरूका अनुसार आवश्यक सामग्रीसहित बिहीबार सबैजसो केन्द्रमा कर्मचारीहरू हिँडेका छन् । सुदूरपश्चिममा प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाको ३२ स्थानमा निर्वाचन हुनेछ । सवैभन्दा बढी कैलालीमा ५ निर्वाचन क्षेत्र, कञ्चनपुरमा ३ र अछामका २ र अन्य जिल्लामा १/१ निर्वाचन क्षेत्र छन् ।