चरिकोट–मुढे सडक पाँच वर्षदेखि अलपत्र, ठेक्का तोड्ने तयारीमा सडक विभाग

ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र दोलखाको ‘लाइफलाइन’ मानिने चरिकोट–मुढे सडक फेरि

सम्बन्धित सामग्री

शैलुङ कन्स्ट्रक्सनसँग लाचार सडक विभाग

शैलुङको बदमासीका कारण धेरै विकास आयोजना र त्यससँग जोडिएका स्थानीयहरू ८ वर्षदेखि प्रभावित छन् । ठेक्का लिएर अलपत्र छाड्ने शैलुङको प्रवृत्तिले सबैभन्दा आजित सडक विभाग शैलुङलाई कारवाही गर्न नसक्ने लाचार अवस्थामा छ ।

उपत्यकाको फोहोर अझै १ साता नउठ्ने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर अझै १ साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्यान्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अभैm १ हप्ता लाग्ने हुँदा फोहोर व्यवस्थापनमा थप ढिला भएको हो । पहिलो सेल निर्माणको काम अन्तिम चरणमा पुगेको छ, सिसडोल पार गरेर मात्रै बञ्चरेडाँडा पुग्नुपर्ने भएकाले थप समस्या भएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले जानकारी दिए । साँघुरो ठाउँ तर लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा व्यवस्थापन गरिएकाले उक्त फोहोरको ढिस्कोलाई पार गरेर अहिले बञ्चरेडाँडामा गाडी जान सक्ने अवस्था छैन । ‘त्यसका लागि पहिले सडक विभाग र काठमाडौं महानगरपालिकाले समन्वय गरेर सिसडोल पार गर्ने पुल निर्माणको काम गर्नुपर्छ, अन्यथा समस्या समाधान हुन कठिन छ,’ वाग्लेले भने । गएको ११ दिनदेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रूपमा उठ्न सकेको छैन । गत साउन ३२ देखि नै कामपाले सार्वजनिक रूपमा सूचना जारी गरेर नगरवासीलाई १ हप्ता घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो । यो सूचना सार्वजनिक भएको पनि १ हप्ताभन्दा बढी भयो तर अझै साविकको जस्तो फोहोर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा नदीकिनार र सडक छेउछाउमा दुर्गन्ध फैलिन थालिसकेको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले शहरी विकास मन्त्रालयले समयमा नै दीर्घकालीन ल्यान्डफिल साइट निर्माणको काम सम्पन्न नगर्दा थप समस्या भएको बताए । उनले भने, ‘निर्माणाधीन बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको काम शुरू नगरिएसम्म समस्या समाधान हुँदैन, सिसडोलमा अब व्यवस्थापन गर्ने ठाउँ छैन ।’ सिसडोलमा विसं २०६२ मा २ वर्षको मात्र फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्यान्डफिड निर्माण गरिएको थियो । तर, पटकपटक त्यसैमा माटोले पुर्दै केही विस्तार गरेर अहिलेसम्म नै फोहोर व्यवस्थापन गरिँदै आइएको छ । हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । यसमध्ये सबैभन्दा बढी कामपाको मात्र ५०० मेट्रिक टन फोहोर निस्किने गर्छ । निजी र कामपाको गरी दैनिक कम्तीमा २०० गाडी फोहोर लाने गरिएकामा अहिले मुश्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् । हाल फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलभन्दा दुई किलोमीटर टाढा बञ्चरेडाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण गरिएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाको १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते १ वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि निर्धारित समय सकिएको छ । काम सम्पन्न गर्न भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ बजेट सम्झौता भएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको थियो । उता डिभिजन सडक कार्यालय काठमाडौंले सिसडोलको समस्या आफ्नो नरहेको बताएको छ । बञ्चरेडाँडा अब १ हप्तामा तयार हुन्छ, वैकल्पिक बाटो तयार नगर्ने हो भने उक्त स्थानमा फोहोर विसर्जन गर्न सकिँदैन, त्यसका लागि कामपाले अहिले नै बाटो तयार गर्नुपर्छ । डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीका अनुसार यसमा सडक विभागले गर्नुपर्ने काम सकिएको छ । सिसडोलको फोहोरको थुप्रो पन्छाएर सोही स्थानबाट बञ्चरेडाँडामा फोहोरको गाडी लाने वा अर्को विकल्प खोज्ने काम कामनपाको हो । रासस