लमजुङ – गाउँमा बिजुली थिएन । कुटानी–पिसानीका लागि मिल थिएनन् । अन्न पिस्ने माध्यम नै ढिकी, जाँतो थियो । धान निफनेर निद्राको बेवास्ता गरी रातभरि ढिकीमा धान कुटेको दुःखदायी पल आज पनि स्मरण गर्नुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–२, अर्चलबोटकी ज्येष्ठ नागरिक मायादेवी मरेटा । ‘बत्ती थिएन । मिल थिएन । १० पाथी धान एकै रातमा ढिकीमा कुटिन्थ्यो । रातभर धान कुटेर उज्यालो भएपछि घाँस काट्न गई, घर आइ खाना पकाएर दिउँसो मेलापात गइन्थ्यो । सारै दुःखको थियो त्यो बेला,’ उहाँले विगत सम्झिन...