सदनै हँसाएको गाँजा अनुसन्धानको विषयले जगाएको आशा

बलेवा । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्री पनि रोष्टममै हाँसे र केही सांसदको मुहारमा अनौठो चमक देखिन्थ्यो ।             नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बिषयमा दुई खाले मत छन् । वैधानिक मान्ने र नमान्ने मतका बीचमा औषधिजन्य प्रयोगका लागि खेती गर्न सरकारले अध्ययन गर्ने घोषणा गरेको छ । यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेशमा पर्ने छ । त्यसको लाभ लिने बागलुङ एउटा जिल्ला हुनेछ ।            गाँजाको अध्ययन हुन सक्यो भने बागलुङको निसी, तमान, ताराखोला र ढोरपाटनका किसानले भाँगो उत्पादनका लागि लगाईएका गाँजा जस्तै रुख प्रहरी पुगेर जबरर्जस्ती फँडानी गर्नेछैन् । किसानले भाँगो उत्पादन बढाउनसक्छन् भने अध्ययन हुँदै गरेको गाँजाबाट पनि किसान लाभान्वित हुने छन् ।            गण्डकी प्रदेशभर सबैभन्दा धेरै भाँगो उत्पादन हुने जिल्ला बागलुङ हो । बागलुङको पश्चिम क्षेत्रका अधिकांश स्थानीय तहमा भाँगो फल्छ । भाँगो लगाएका किसानले फुल खेल्न थालेपछि मात्रै छुट्टाउन सक्छन् भाँगो हो की गाँजा भनेर । गाँजा फल्दैन् तर भाँगो फल्छ । 'हाम्रो भूगोलका लागि यो असाध्यै राम्रो घोषणा सावित हुने छ, भाँगो र गाँजाको सदुपयोग र दुरुपयोग कसरी हुन्छ भन्ने हो' तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने 'हाम्रो पालिकाको जमिन उम्रिने फल्ने र आम्दानी दिने विषय बजेटमा समावेश हुनु सुखद हो ।' उनले अध्ययन मात्रै होइन औषधिजन्य गुण भएको गाँजाको व्यावसायिक उत्पादन र निर्यात हुनसके जिल्लाका अधिकांश स्थानीय तहका किसान धनी हुने बताए ।             वैधानिक बाटो नहुँदा यसको उत्पादन र निकासीको तथ्याङ्क भने छैन् । बागलुङका किसानले पाखोबारी बाँझो नराख्नका लागि भाँगोको खेती गर्छन् । भाँगोसँगै गाँजा उम्रिने भएकाले प्रतिबन्धित लागू औषधिको रुपमा रहेको भाँगोका रुखलाई सरकारी संयन्त्रले नष्ट गर्ने गरेको छ ।  -रासस

सम्बन्धित सामग्री

गाँजा अनुसन्धानको विषयले जगाएको आशा - NepaliPatra

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गर्नुभयोे । उहाँको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँस्नुभयोे, मन्त्री रोष्टममै हाँस्नुभयो र केही सांसदको मुहारमा अनौठो चमक देखिन्थ्यो । नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बिषयमा दुई खाले मत छन् । वैधानिक मान्ने […]

अमेरिकाबाट पठाएको ‘पार्सल’ खोल्दा दुई केजी गाँजा भेटियो

काठमाडौं : अमेरिकाबाट आएको पार्सल (सामान) पक्कै मूल्यवान् नै होला भन्ने धेरैले सोचेका हुन्छन्। त्यसमा पनि हुलाक प्रयोग गरेर आएको पार्सल झनै महत्त्वपूर्ण होला भन्ने धेरैको आशा हुन्छ। तर, अमेरिकाबाट आएको एउटा पार्सल खोल्दा लागु औषध गाँजा भेटिएको छ। सोमवार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी लागुऔषध गाँजा भेटिएको…

थाइल्याण्डमा गाँजाको व्यापार खुला

सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् ।  कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो ।स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ।  यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ । यसको खेतीलाई प्रोत्साहित गर्न नागरिकहरूलाई १० लाख गाँजाको बिरुवा पनि दिइरहेको छ। ‘यो जनता र राज्यका लागि

गाँजा बेचेर दर्जनौं वाइडबडी जहाज किन्न सक्छौं (भिडियाेसहित)

काठमाडौं । प्रदेश नम्बर तीनका पूर्वमन्त्री केशव स्थापित विन्दास व्यक्ति मानिन्छन् । उनी आफ्ना विचार निर्धक्क खुलेर राख्ने गर्छन् । उनी पछिल्लो समय आशा अभियान लिएर नेपालको पूर्वी क्षेत्रको भौतिक स्थितिलाई नियाल्न निस्किएका छन् ...