अमेरिकाबाट पठाएको ‘पार्सल’ खोल्दा दुई केजी गाँजा भेटियो

काठमाडौं : अमेरिकाबाट आएको पार्सल (सामान) पक्कै मूल्यवान् नै होला भन्ने धेरैले सोचेका हुन्छन्। त्यसमा पनि हुलाक प्रयोग गरेर आएको पार्सल झनै महत्त्वपूर्ण होला भन्ने धेरैको आशा हुन्छ। तर, अमेरिकाबाट आएको एउटा पार्सल खोल्दा लागु औषध गाँजा भेटिएको छ। सोमवार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा दुई केजी लागुऔषध गाँजा भेटिएको…

सम्बन्धित सामग्री

अमेरिकाबाट हुलाकमार्फत आएको पार्सल खोल्दा फेरि भेटियो एक किलो गाँजा

काठमाडौं : अमेरिकाबाट फेरि पनि मनोज राईको नाममा आएको अर्को पार्सल खोल्दा लागुऔषध गाँजा भेटिएको छ। भदौ २० गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा दुई किलो लागुऔषध फेला परेको थियो। प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १…

अमेरिकाबाट हुलाकमा आयो २ किलो गाँजासहितको पार्सल

डिल्लीबजार स्थित गोश्वारा हुलाक कार्यालयमा भदौ २० मा अमेरिकाबाट एउटा पार्सल आयो । पार्सल रिसिभ गर्न पुगे, काभ्रेको मण्डन देउपुर नगरपालिका–७ घर भएका २८ वर्षका मनोज राई । लागु औषध नियन्त्रण ब्युरोको टोलीले मनोजलाई नियन्त्रणमा लियो । मनोजले रिसिभ गरेको पार्सल खोल्दा २ किलो गाँजा भेटिएको ब्युरोका एसएसपी विकाशराज खनालले रातोपाटीलाई बताए । खनाल भन्छन्–‘अमेरिकाबाट गाँजा किन पठाइयो भन्नेबारे अनुसन्धान गर्दै छौँ ।’अमेरिकाको क्यालिफोर्नियाबाट आएको गाँजा हुलाकबाट रिसिभ गरेर मगाउने व