धरान उपमहानगरपालिका–११ बिष्णु चोक बस्ने ३१ वर्षीय सन्दिप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५ बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक रहेका छन् । उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट शनिबार र १३ वर्षीयलाई धरानको बगरकोटबाट शुक्रबार पक्राउ गरिएको हो । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्