नेकपा एमालेले पार्टी विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेतालाई जिम्मेवारी तोकेको छ ।
स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयसहित सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशनमा सातवटै प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न ३२ नेतालाई जिम्मेवारी तोकिएको हो ।
एमालेले २०७५ जेठ २ कै पार्टी संरचनाअनुसार प्रदेश इन्चार्जको भूमिकामा रहेका नेतालाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश–१ मा भीमप्रसाद आचार्य, सुवासचन्द्र नेम्वाङ, शेरधन राई, देवराज घिमिरे, टंक आङ्बोहाङ र प्रदेश–२ मा सत्यनारायण...