खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरेको छ । सडक डिभिजन कार्यालयले सुर्खेतको रानी घाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु/मल्ल जेभी तथा कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सीखोला पुल निर्माणको जिम्मा लिएको सिरुवा/कबिर/सुनकोसी जेभी काठमाडौंसँग ठेक्का सम्झौता तोडेको हो । सडक डिभिजन सुर्खेतका सूचना अधिकारी इञ्जीनियर तुलाराम शर्माले सम्झौताअनुसार म्याद थप भइसक्दासमेत निर्माणकार्य सम्पन्न गर्नतर्फ चासो नदिने, पटक–पटक त