काठमाडौं : काठमाडौं महानगरपालिकाले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई भेरोसेलको दोस्रो मात्राको खोप नदिने भएको छ। शुक्रबार बिहान महानगरपालिकाको जनस्वास्थ्य विभाग र सबै वडा क्लिनिक इञ्चार्जहरुसँग बसेको अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।जेठ २ गतेदेखि ११ गतेसम्म खोप अभियान सञ्चालन हुँदै छ। विभागका प्रमुख हरिबहादुर कुँवरले चैत २५ पछि कोभिडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिकाे लागि पछि निर्णय गर्ने जान