काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लोकनाथ पौड्यालले पद बहाली गरेका छन् । यही पुस ७ गतेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनले आज उक्त पद बहाली गरेका हुन् ।मन्त्रालयको सोही दिनको निर्णयअनुसार यस अघिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भइ गएका छन् । पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौड्यालले भौतिक र वित्तिय साधन तथा सूचना सञ्चारको संयोजन गरेर कानूनसम्मत सेवा समयमा लिन पाउने नागरिकको अधिकार स