भारतीय र चिनियाँ सेनाले बिहीबार पूर्वी लद्दाखको गोग्रा–हटस्प्रिंग क्षेत्रबाट पछि हट्ने घोषणा गरेका छन् । योसँगै प्याट्रोलिङ पोइन्ट १५(पीपी–१५) मा दुई वर्षभन्दा बढी समयदेखि कायम गतिरोध अन्त्य भएको छ । दुई सेनाको वक्तव्यअनुसार दुवै देशका सेना पछि हट्ने प्रक्रियाको सुरुवात जुलाईमा सम्पन्न उच्चस्तरीय सैन्य वार्ताको १६ औं चरणको परिणाम थियो । ‘सन् २०२२ सेप्टेम्बर ८ मा, भारत चीन कोप्र्स कमाण्डर स्तरको १६ औैँ चरणको बैठकमा भएको सहमतिअनुसार, गोगरा–हटस्प्रिंग्स (पीपी&ndas