भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् । पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए । ‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ । 

सम्बन्धित सामग्री

भीम रावल खोज्‍ने कार्यकर्तालाई ओलीको जवाफ : माया लागे अछाम जानुस्

२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भीम रावलको विषयमा नागरिकले राखेको जिज्ञासाबाट रुष्ट हुन थालेका छन् । दैलेखमा आयोजित चुनावी सभामा ओली सम्बोधन गर्दै थिए । कार्यकर्ताले ‘भीम रावल खै’ भन्दै प्रश्न गरे । पटक-पटक कार्यकर्ताले भीम रावल भनेपछि ओली झोक्किए । भीम रावलको नाम लिनेहरुलाई ओलीले जवाफ फर्काए, ‘चुप लागेर […]

ओलीको आक्रोशको शिकार किन बने भीम रावल र धनश्याम भुसाल

काठमाडौं, २२ असोज । नेकपा एमालेको नवौं महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिने नेता थिए डा. भीम रावल । ओली पार्टीभित्र निर्विरोध अध्यक्ष निर्वाचित हुन चाहन्थे । आफ्नो एकछत्र राज भएको सन्देश दिन चाहन्थे । तर, रावलले सफल हुन दिएनन् । एमाले महाधिवेशनमा घनश्याम भुसालले महासचिवमा उम्मेदवारी दिएका थिए । उनी शंकर पोखरेलबाट पराजित […]

भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजिरहेका छन् :  ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको ब

एमसीसीबारे भीम रावल र डम्बर खतिवडाबीच ट्विटरमा जुहारी

एमाले नेता भीम रावल र जसपा नेता एवं लेखक डम्बर खतिवडाबीच एमसीसीको विषयमा ट्विटरमा जुहारी चलेको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले एमसीसीका सम्बन्धमा निर्णय लिँदाको मन्त्रिपरिषद् बैठकमा हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो भनेर खतिवडाले ट्विटरमार्फत प्रश्न गरेपछि जुहारी चलेको हो । खतिवडाको प्रश्नको जवाफमा रावलले लेखेका छन्– डम्बरजी, तपाईंले भन्नुभएका मन्त्रिपरिषद्का बैठकमा मेरो उपस्थिति थिएँ कि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो भनेर फोनमा सोध्नुभएको भए भनिहाल्थें। ट्वीटमा सोध्नु भ...

एमाले बन्द सत्रबाट बाहिरिए भीम रावल

न्युज अफ नेपाल, चितवन । एमालेको १० औँ महाधिवेशनको बन्द सत्रस्थलबाट भीम रावल बाहिरिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली बन्द सत्रमा प्रवेश गरेपछि सुरु भएको अध्यक्ष मण्डलको बैठकबाट भीम रावल बाहिरिएका हुन् । उनी बाहिरिनुको कारण खुलेको छैन । तर ओली प्रवेश गरेको केही क्षणमा रावल बैठकस्थलबाट बाहिरिएका हुन् ।

ओलीको नेतृत्वमा अध्यक्षमण्डल गठन, भीम रावल अटाएनन्

काठमाडौं : नेकपा एमाले विधान महाधिवेशनमा अध्यक्षमण्डल गठन भएको छ। विधान महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य रहेका छन्। यस्तै, स्थायी कमिटी सदस्यहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा सम्मिलित अध्यक्ष मण्डल गठन गरिएको छ।तर, एमाले उपाध्यक्ष भीम रावल भने अध्यक्ष मण्डलमा परेका छैनन्। अध्यक्षमण्डलमा रावलबाहेकका दुई उपाध्यक्ष ज्ञवाली र शाक्य भने परेका छन्।तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब

भीम रावल र ईश्वर पोखरेलबीच छलफल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल तथा महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ। आइतबार टोखास्थित पोखरेल निवासमा भएको भेटमा १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता गर्नेबारे छलफल भएको बताइएको छ। गत असार २७ गते एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका कार्यदलबीच १० बुँदे सहमति भएको थियो। उक्त १० बुँदे […]

भीम रावल अलमलमा: नेपाल रोज्लान् कि ओली ?

काठमाडौं, ३१ असार । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला अलमलमा छन् । उनी एमाले एकताको पक्षमा अन्तिम समयमा उभिएका थिए । वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिका बाबजुद पार्टी एकता कायम राख्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका थिए । रावल यसअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ सांसदमध्येका एक थिए । उनले […]

कोटेश्वरबाट फर्किए भीम रावल, सिंहदरबारमा सुरु भयो कार्यदल बैठक

काठमाडौं : नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर उपाध्यक्ष भीम रावल फर्किएलगत्तै कार्यदलको बैठक सुरु भएको छ।  एमालेको विवाद समाधानका लागि आजको बैठकले महत्वपूर्ण लिनसक्ने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए।  बिहान अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेललाई भेटेपछि नेता रावल नेपाल निवास कोटेश्वर पुगेका थिए। ओली र नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। हिजो बेलुकी सुरुमा दुवै तर्फका दुई दुई जना कार्यदल सदस्यहरुसहित छलफल भएपछि दुई शीर्ष

ओलीकै निम्तोमा भीम रावल बालुवाटारमा

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न आइतबार बेलुकी बालुवाटार पुगेका छन्। ओली र माधव कुमार नेपालबीच सहमति जुटाउन  दोस्रो पक्षका नेताहरु सक्रिय भए पनि कुनै सफलता हात लाग्न सकेको छैन। नेपाललाई प्रभाव पार्नसक्ने नेताका रुपमा ओलीकै बोलाहटमा रावल बालुवाटार पुगेका हुन्। आइतबार बिहान ओलीले सुवास नेम्वाङ, […]